बुधबार, ०९ पुस २०८२

हिजो रुँदै मैदान छाडेका ज्ञवाली आज शंकर पोखरेलका लागि भोट माग्दै


काठमाडौं । महासचिवमा पदमा उठन नपाएपछि सोमबार बेलुका महाधिवेशन स्थल भृकुटीमण्डपबाट रुँदै बाहिरिएका उपमहासचिव प्रदिप ज्ञवाली आज महासचिव पदमा शंकर पोखरेलका लागि भोट माग्दैछन् ।

केपी ओलीका निकट मध्येका ज्ञवाली एघारौं महाधिवेशनमा महासचिवका आंकक्षी थिए तर, अध्यक्ष केपी ओलीले महासचिवमा शंकर पोखरेललाई दोहो¥याएपछि उनी रुँदै बाहिरिएका थिए । 

महासचिव नपाएपछि ओलीले आफ्नो लागि छुट्याइदिएको उपाध्यक्ष पदमा उम्मेदवारी समेत दिएनन् । यसपाली केन्द्रीय सदस्य मात्रै हुन्छु भन्दै बाहिरिएका ज्ञवालीकै कारण ओली समुहमा असर पर्न सक्ने आशंका ओली समुहका केही नेताले सोमबारै गरेका थिए ।

मंगलबार बिहानै ओली समुहका केही नेताहरु उनलाई भेटन निवासमै पुगे । सकारात्मक संवादपछि सामाजिक सञ्जाल फेशबुकमा ज्ञवालीले स्टाटसै लेखे ‘महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु । म हमेशा तपाईँहरूकै  बिचमा छु, त्यहीँ रहन्छु ।’

ज्ञवालीले त्यति लेख्दैमा भोट पाइनेमा ओली समुहका नेताहरु आश्वस्त थिएनन् तर, मंगलबार दिउसो भृकुटीमण्डप पुगेर पोखरेलका लागि भोट मागेपछि भने नेताहरु सन्तुष्ट भएका छन् ।

पौडेलमाथी आशंका

ओली समुहबाट उपाध्यक्षका उम्मेदवार बनेका विष्णु पौडेलले आफ्नो लागि मात्रै भोट मागेपछि ओली समुहमा अर्को आशंका पैदा भएको छ ‘विष्णु पौडेललगायतले महासचिवमा पोखरेलका लागि भोट नहाल्ने हो कि ?’ भन्ने । मतदानको अन्तिम अवस्थामा फकाउनु बाहेकको विकल्प नभएपछि अहिले मुस्कानसहित भेटघाटमै व्यस्त छन् ।

सुरेन्द्र पाण्डेको सम्भावना बलियो

महासचिवमा भिडेका शंकर पोखरेल र सुरेन्द्र पाण्डे मध्ये पाण्डे नै बलियो उम्मेदवार भएको अहिले ओली समुहभित्रै चर्चा हुन थालेको छ । कतिपय प्रतिनिधीले ‘अध्यक्षमा ओली महासचिवमा पाण्डे’ भन्दै भोट मागेकाले पनि पाण्डेको पक्षमा जनमत बढ्दै गएको देखिन्छ ।  
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ