- असार ०६, २०८०
काठमाडौं । महाधिवेशनमा होमिएको नेकपा एमालेमा केपी ओली समुहमा उम्मेदवार मिलाउन नसक्दा समस्या भएको छ ।
महासचिव दावी गरेका प्रदिप ज्ञवालीले महासचिव नपाए कुनै पनि पदमा नउठ्ने सन्देश दिएका छन् । महासचिवको दावी गरेका तर, उपाध्यक्ष बन्न तयार भएका पृथ्वी सुब्बा गुरुङ पनि अहिले ज्ञवालीकै पक्षमा उभिएका छन् ।
ओलीले आफु अध्यक्ष र शंकर पोखरेललाई महासचिव बनाउने गरी सूची बनाएका छन् ।
ज्ञवाली पछिल्लो समय ओलीका इमान्दार कार्यकर्ताका रुपमा चिनिन्छन् । ओलीले गरेका कतिपय खराब कर्मको समेत साक्षी बसेका ज्ञवालीले ओलीबाटै महासचिवको आश्वासन पाएका थिए । तर, अन्तिम समयमा ओलीले पोखरेलललाई पक्का गरेपछि ज्ञवाली बिच्किएका हुन् ।
टिप्पणीहरू: