मङ्गलबार, १८ कात्तिक २०८२

जेनजी आन्दाेलनमा राज्यद्वारा मारिएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारकाे निर्णय


काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा राज्यद्वारा मारिएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।

सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट गाेली लागेर मारिएका थिए । ति ब्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार, राजपत्रमा शहीदहरूको नाम प्रकाशित गरिने जानकारी दिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ