- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौँ। मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। सुन तोलामा आज एकैदिन ५ हजार ५०० रुपैयाँ बढेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएकाे छ। यो मूल्य हालसम्मकै उच्च हो।
छापावाल सुन सोमबार तोलामा दुई लाख ६१ हजार ७०० सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको छ। सोमबार चाँदीको मूल्य रू चार हजार २३५ थियो।
अन्तरराष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ।
टिप्पणीहरू: