शनिबार, २१ चैत २०८२

सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो


काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ। चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार कायम भएको थियो। गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ