शनिबार, २४ जेठ २०८२

सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो


काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १५० निर्धारण भएको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ