- असार ०६, २०८०
फाइल फाेटाे
काठमाडाैँ । नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएकाे छ ।
सुनको मूल्य प्रतितोला बुधबारको तुलनामा पाँच हजार ७०० ले बढेर नयाँ रेकर्ड बनाएकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला रु एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार ९०० पुगेको छ ।
टिप्पणीहरू: