- असार ०६, २०८०
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो।
आज एकैदिन सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएकाे छ।
शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे।
यसैगरी आज चाँदी तोलामा ३२५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ। गत शुक्रबार चाँदी ५ हजार ५० रुपैयाँमा काराेबार भएकाे थियाे।
टिप्पणीहरू: