- असार ०६, २०८०
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसैगरी सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
टिप्पणीहरू: