बिहिबार, २२ माघ २०८२

तोलामा १३ हजार ४०० रूपैयाँ घट्यो सुनको भाउ


काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४०० ले घटेको छ।

आइतबार प्रतितोला रु तीन लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर रु दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ। आइतबार प्रतितोला रु पाँच हजार ५०० मा कारोबार भएको चाँदी आज रु पाँच हजार दुई सयमा कारोबार भइरहेको छ।

यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला रु तीन लाख ३९ हजार ३०० पुगेको थियो। सुनको मूल्य तोलामा तीन दिनमा रु ५२ हजार ७०० ले घटेको हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ