आइतबार, १८ असोज २०८३

सुन ताेलामा दुई हजार ९ सयले घट्याे


काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६०  ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ ।  

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ८०० र एक तोला असली चाँदी रु चार हजार ४५० मा खरिदबिक्री भएको थियो । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ