- असार ०६, २०८०
काठमाडौं । जेनजीहरुको माग अनुरुप काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राजनीतिमा सक्रिय हुने भएका छन् ।
बिहीबार केही जेनजी अगुवाहरुले बालेनलाई भेटेर सक्रिय राजनीतिमा सहभागी हुन आग्रह गरेका थिए । प्रतिक्रिया स्वरुप बालेनले जेनजीलाई एक भएर आउन आग्रह गरेका छन् ।
स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महाानगरपालिकाको मेयरमा निर्वाचित बालेनले आजको भेटघाटले राजनीतिमा सक्रिय हुने संकेत गरेका छन् । आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसँग भेटघाट गरेका बालेनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि भेटघाट गरेका छन् ।
दशक अघिदेखि वैकल्पिक शक्ति निर्माणको अभियानमा लागेका भट्टराईले आफु सल्लाहकार भएर सुझाब दिने बताएका छन् । आजै उर्जामन्त्री कुलमान घिसिङसँग पनि उनको भेटघाटको कार्यक्रम रहेको छ ।
टिप्पणीहरू: