आइतबार, ०७ मंसिर २०८२

महेश बस्नेत सवार गाडीमा जेनजीले छ्यापे राताे रंग (भिडियाेसहित)


काठमाडौँ । एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडी रोकेर रातो रङ छ्यापेका हुन् । 

बस्नेतले विराटनगरबाट सुनसरी जाने क्रममा २ जना युवाहरूले आफूहरू चढेको गाडीमा बेलुनमा रङ भरेर छ्यापेको जनाए । 

केही दिनअघि बस्नेत सिमरा जान खोज्दा जेनजीकाे अवराेधका कारण काठमाडाैं एअरपाेर्टमै राेकिएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ