सोमबार, ०३ कात्तिक २०८२

जेनजी अलायन्सले माग्याे अख्तियार प्रमुख राईकाे राजीनामा


 काठमाडाैं । जेनजी मुभमेन्ट अलायन्स, विभिन्न जेनजीहरुको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ । राजीनामा नआए मंगलबार बिहान १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गराएर थप आन्दोलनका कार्यक्रमहरू गर्ने चेतावनीसमेत दिएका छन् ।

अलायन्सले आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै  प्रमुख आयुक्त प्रेमकुमार राईसहित अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री  केपी ओलीको सरकारले संसदीय सुनुवाइविनै ‘निरङ्कुश ढङ्गले’ गरेको आरोप लगाएको छ ।

त्यसाे त अख्तियार प्रमुख राई आफै नक्कली भुटानी शरणार्थी प्रकरणमा जाेडिएका ब्यक्ति हुन् । 

जेनजी मुभमेन्ट अलायन्सले अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नागरिकहरूलाई नयाँ आयुक्तका रूपमा नियुक्त गर्न आग्रह गरेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ