सोमबार, १६ कात्तिक २०८३

बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन


ढाका ।  न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पु-याउन माग गर्दै बङ्गलादेशका गार्मेन्ट कामदारले थालेको आन्दोलन तेस्रो दिनमा प्रवेश गरेको छ । सुरक्षा जोखिमका कारण गाजीपुरका धेरै कारखाना बन्द भएका छन् ।

ढाकानजिकै कोनाबारी र चन्द्र क्षेत्रमा प्रदर्शन जारी छ । सरकारले तलब निर्धारण गर्न बोर्ड गठन गरे पनि कामदारको आन्दोलन रोकिएको छैन । कारखाना सञ्चालकले बजारको माग घटेको र कच्चा पदार्थ आयात महँगिएको भन्दै माग पूरा गर्न कठिन रहेको बताएका छन् ।

सरकारले आन्दोलनलाई राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयाससँग जोडेको छ । गृहमन्त्री सलाहुद्दीन अहमदले सीमापारबाट आन्दोलन उक्साइएको आरोप लगाउनुभएको छ । बङ्गलादेशको गार्मेन्ट उद्योगले कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ भने करिब ४० लाखलाई प्रत्यक्ष रोजगारी दिएको छ । तीमध्ये ६० देखि ७० प्रतिशत महिला छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ