शनिबार, २४ जेठ २०८२

१० वर्षपछि माओवादीमा फर्किएका गंगानारायणलाई केन्द्रीय सचिवकाे जिम्मेवारी


काठमाडाैँ। नेपाल समाजवादी पार्टी (नेसपा)का संयोजक गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा माओवादी केन्द्रमा फर्किएका छन्।

सोमबार ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित पार्टी समायाेजन कार्यक्रममार्फत श्रेष्ठ माओवादीमा फर्किएका हुन्।

१० वर्षपछि माओवादीमा फर्किएका श्रेष्ठलाई पार्टीकाे केन्द्रीय सचिवकाे जिम्मेवारी दिने सहमति भएकाे छ।

‘पार्टी समायोजनको नेतृत्व गर्नुभएका क. गंगानारायण श्रेष्ठलाई नेकपा (माओवाद केन्द्र) को केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गरिनेछ’, सहमतिमा भनिएको छ।

उनी २०७२ असोज ९ गते माओवादीबाट अलग भएका थिए। त्यसपछि उनी २०७२ सालमा माओवादीबाट अलग भएका डा.बाबुराम भट्टराईले गठन गरेका नयाँ शक्ति नेपालमा लागेका थिए। यसैगरी सङ्घीय समाजवादी, जसपा नेपाल हुँदै २०७९ सालमा भट्टराईकै नेतृत्वमा गठन भएको नेपाल समाजवादी पार्टी(नेसपा)मा सामेल थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ