बुधबार, ०७ साउन २०८२

पूर्वराष्ट्रपतिकाे पार्टी सदस्यता निष्क्रिय भैसक्याे, उहाँले स्वभाविक लिनुहुन्छ: शंकर पाेखरेल


काठमाडाैं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको जानकारी दिएका छन् ।

बुधबार ९ औं केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सदस्यता नवीकरणको विषय पार्टीलाई पहिले नै थाहा भएको तर  उपयुक्त समयमा निर्णय गर्नुपर्छ भनेर सार्वजनिक नगरेको दावी गरे। 

पूर्वराष्ट्रपतिको फरक भूमिकाको केन्द्रीय कमिटीले नै महसुस गरेकाले भण्डारीलाई पार्टी सदस्य बनाउन नचाहेको पोखरेलको भनाइ थियाे।

‘सदस्यता नवीकरणको विषयमा पार्टी विधानका हिसाबले पनि हामीले नवीकरण गर्ने कि नगर्ने भन्ने विषय केन्द्रीय कमिटीको विषय बन्नुपर्दथ्यो। हाम्रो मान्यता त्यही थियो,’ उनले भने, ‘केन्द्रीय कमिटीले नै उहाँको फरक भूमिकालाई आवश्यक ठानेपछि उहाँको सदस्यतालाई आवश्यक ठानेनौँ।’

पोखरेलले पार्टीले गरेको निर्णयलाई पूर्वराष्ट्रपति भण्डारीले स्वभाविकरुपमा लिने विश्वास व्यक्त गरे। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ