शुक्रबार, ०५ मंसिर २०८२

जेनजी आन्दाेलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन पूर्वगृहमन्त्री लेखकको अस्वीकार


काठमाडाैं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन अस्वीकार गरेका छन्। तत्कालिन समयमा सुरक्षा संयन्त्रलाई कुनै अप्रिय घटना नहोस् भनेर पटक–पटक सचेत गराएको दाबी गरेका छन्।

बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद तोकेर राहदानी रोक्का गरेको विषयमा समेत कुनै औपचारिक जानकारी नदिएको बताए ।

‘मलाई आजसम्म सरकार वा कुनै निकायले लिखित वा मौखिक रूपमा जानकारी दिएको छैन,’ उनले भने, ‘कुन कानुन र औचित्यका आधारमा यस्तो निर्णय गरियो भन्ने थाहा छैन।’

उनले दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद निर्धारण गरी राहदानी रोक्का गरिएको समाचारबाट मात्र थाहा पाएको बताए।

लेखकका अनुसार आन्दोलन अघि र त्यसको बिहान उनले गृहसचिव र प्रहरी महानिरीक्षकहरूलाई “क्याजुलिटी नहोस्, कुनै पनि हालतमा अप्रिय घटना हुनुहुँदैन” भनेर निर्देशन दिएकाे बताए ।

भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलनकाे क्रममा ७४ जनाकाे मृत्यु भएकाे छ । आन्दाेलनकै कारण लेखक राजीनामा दिन वाध्य भएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ