- असार ०६, २०८०
काठमाडौं । निवर्तमान उर्जामन्त्री दिपक खड्का देश छाडेर भागेको पुष्टि भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पत्रिका दैनिकसँग कुरा गर्दै उर्जामन्त्री भागेको पुष्टि गरे ।
‘अब यहाँ ठुल्ठुला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् । उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ ।’ नयाँपत्रिकासँग कुरा गर्दै गृहमन्त्री अर्यालले भनेका छन् ।
जेनजी आन्दोलनबाट विस्थापित भएका खड्का भारत हुँदै अमेरिका पुगेको हल्ला छ । तर, कुन देश पुगेका हुन् सरकारले पुष्टि गरेको छैन ।
टिप्पणीहरू: