शनिबार, २४ जेठ २०८२

बजेटबारे अर्थमन्त्रीले गरे राष्ट्रपतिलाई ब्रिफिङ


काठमाडौँ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन्।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ। सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ