आइतबार, ०२ कात्तिक २०८२

स्वीकृत मापदण्ड विपरितका सुविधा फिर्ता गर्न अर्थकाे पत्र


 काठमाडाैं । अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई उपलब्ध गराएकाे सवारी साधन, सुरक्षाकर्मी लगायत सेवा सुविधा फिर्ता गराउन पत्राचार गरेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार पत्राचार गर्दै प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गर्न-गराउन पत्र माफृत आग्रह गरेको छ ।

कानून बमोजिम बाहेक उपलब्ध गराइएका सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न भनेको छ । यस्तै अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न\गराउन पत्राचार गरेको छ ।

असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सेवा निवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गर्न पत्राचार गरिएको अर्थका प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ