बिहिबार, २८ जेठ २०८३

आज पनि प्लेकार्ड बाेकेर उभिए हर्क साङपाङ


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आज पनि माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरूमा नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गरे ।

सदन सञ्चालन भए पनि माग पूरा नभएसम्म आफूहरूले यस विषयमा निरन्तर आवाज उठाउने बताए ।

संसदलाई नियमावली अनुसार चलाउन उनले सभामुखको ध्यानाकर्षण गराए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ