शुक्रबार, २९ चैत २०८१

एमालेका ५९ जना नेता–कार्यकर्ताले छाडे पार्टी, भीम रावललाई समर्थन गर्ने


काठमाडाैँ। नेकपा एमालेको विभिन्न जिम्मेवारी रहेका ५९ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्।

साेमबार संयुक्त विज्ञप्ति निकालेर डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै उनीहरुले एमाले छाडेकाे जानकारी गराएका हुन्।

एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट दिपक सुनार, हर्क कुँवर, सुशिला बोगटीलगायतले एमाले छाडेका हुन्।

उनीहरुले कम्युनिष्ट र समाजवादका विरोधीहरुसँग घाँटी जोड्‌दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने अध्यक्ष केपी शर्मा ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरुले बसिरहनुको कुनै औचित्य नहुने बताएका छन्।

‘हामी नेकपा (एमाले) को विभिन्न तहमा विभिन्न जिम्मेवारीसहित लामो समयदेखि कार्यरत एवं सदस्य रही योगदान गर्दै आएकाहरु डा. भीम रावलले राष्ट्रियता, जनजीविका र जनाधिकारको पक्षमा तथा त्यसको रक्षा र प्राप्तिका लागि प्रस्ताव गर्नुभएको मातृभूमि जागरण अभियान लाई पूर्णरुपमा समर्थन र सहयोग गरी अगाडी बढ्‌ने प्रतिवद्धता व्यक्त गर्दै नेकपा एमालेका सबै इमान्दार देशभक्त सदस्य, शुभेच्छुकहरु तथा अन्य पार्टीमा रहनु भएका व्यक्तिहरु र जनसमुदायलाई यस अभियानमा सामेल भई समर्थन र सहयोग गर्न हार्दिक आव्हान समेत गर्दछौं’, विज्ञप्तिमा भनिएकाे छ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ