- भदौ ०५, २०८१
चीनमा एक २४ वर्षीया युवती यीन सुएले धनी बन्ने योजनामा ८ जना ब्याइफ्रेण्ड बनाएकी छिन् । गरिब परिवारकी यी युवतीले पाँच वर्षमा १० करोड कमाउने योजना अनुरुप आफ्नो सुन्दरतालाई हतियारको रुपमा प्रयोग गरेकी थिइन् । योजनाको प्रारम्भ उनले जागिर छाडेर गरेकी थिइन् । जागिर छाडे लगत्तै प्लाष्टिक सर्जरी गरेर आफुलाई थप राम्री बनाइन् ।
फिट्नेश, डे्सिङलगायतका विषय सिकेपछि सामाजिक सञ्जाल मार्फत धनी केटाहरुको सम्पर्कमा पुगिन् । उनले ८ जना हुने खाने केटाहरुलाई साथी बनाइन् । यीनको ठग्ने स्टाइल गज्जब थियो । सुरुमा सम्पर्क बढाउथिन् । अनि कुनै बहाना बनाएर घर कुर्दिन्छु भन्थिन् र केटाहरु नभएको बेला घरको सोफा,इलेक्ट्रिक सामान सेकेण्ड ह्याण्ड मुल्यमा बिक्री गरिदिन्थिन् । उनले केही महिनामै ८ जना मार्फत ३० लाख रुपैया चोरी सकेकी थिइन् ।
आठ मध्ये एक जनाले यीनले भ्यालेन्टाइन डेका दिन आफ्नो घरमा पनि चोरी गर्न लागेको थाहा पाए । उनले थाहा नपाए जस्तो गरी घरभरी क्यामेरा फिट गरे र चोरी गर्दा गर्दै प्रहरीलाई खबर गरे । प्रहरीले पक्राउ गरेपछि उनले आठै जनालाई यसै गरी ठगेको स्वीकार गरेकी छिन् ।
टिप्पणीहरू: