बुधबार, ११ चैत २०८२

११.३३ प्रतिशतसम्म भाडा बढाउन यातायात व्यवस्था विभाग सिफारिस


काठमाडौँ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानेर सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन प्रस्ताव गरेको हो ।

नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि विभागले नयाँ भाडादरको प्रस्ताव तयार पारेको हो ।

विभागले २०६५ सालदेखि लागू गरिएको १३ वटा सूचकसहितको ‘वैज्ञानिक भाडा समायोजन विधि’ लाई आधार बनाएर यो सिफारिस गरेको जनाएको छ ।

विभागको सिफारिस अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधन मा ११.३३ प्रतिशत बढाउन प्रस्ताव गरिएकाे छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारी : १४.२९ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारी :  ८.८१ प्रतिशत भाडा बढाउन प्रस्ताव गरेकाे छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विभागले चैत ५ गते नै मन्त्रालयमा भाडा समायोजनको फाइल पठाइसकेको छ । 

इजरायल-इरान युद्धका कारण अन्तराष्ट्रिय बजारमा पेट्राेलियम पदार्थकाे मूल्य बृद्धिकाे असर नेपालकाे यातायात क्षेत्रमा पनि पर्ने भएकाे छ ।

नयाँ सरकार गठन हुँदै गर्दा भाडाबृद्धिकाे प्रस्ताव गरिएकाे हाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ