मङ्गलबार, १६ वैशाख २०८२

शिक्षकसँग आज निर्णायक वार्ता : आन्दाेलन टुङ्गिने संकेत


काठमाडौँ । साेमबार आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले वार्ताबाटै शिक्षककाे माग सम्बाेधन गर्ने निर्णय गरेकाे छ ।

बैठकमा शिक्षकहरुको आन्दोलन वार्ताको माध्यमबाट समाधान गर्न पहल भइरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी गराउनुभएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । साेमबार भएको वार्ता सकारात्मक भएकाे र आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले बैठकमा जानकारी गराएका थिए ।

आज सरकारका प्रतिनिधी र आन्दाेलनरत शिक्षकबीच निर्णायक वार्ता हुने भएकाे छ । आजकाे वार्ताले शिक्षककाे आन्दाेलन टुङ्गिने सम्भावना छ । शिक्षा एेन माग गर्दै २८ दिनदेखि शिक्षक सडकमा छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ