सोमबार, २५ फागुन २०८२

मुगुमा कांग्रेसका शाही विजयी


मुगु । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका खडकबहादुर शाही निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार शाहीले सात हजार ९१४  मत प्राप्त गरे । 

शाहीका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर रोकायाले छ हजार ७१८ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ मत प्राप्त गरे ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३, प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रंगवीर परियारले २८० मत प्राप्त गरे । 

जिल्लामा ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ मत खसेको थियो । कांग्रेसका शाही नेपाली काङ्ग्रेस मुगुका पूर्व पार्टी सभापति हुन्  ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ