बिहिबार, ०४ असार २०८३

कांग्रेसकाे प्रश्न : अख्तियारका पदाधिकारीहरूलाई दबाब दिएर पक्राउ पुर्जी जारी भएकाे हाे ?


काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई दबाब दिएर पक्राउ पुर्जी जारी गराउन खोजिएको भनिएको विषयबारे संसदमा प्रश्न गरेका छन् । 

विहीबारकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई दबाब दिएर पक्राउ पुर्जी जारी गरेकाे भनेर बाहिर आएको विषयमा पनि सत्यतथ्य छानबिन गर्न माग गरे। आरोपबारे प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर सदनलाई जानकारी गराउन माग गरे ।

साथै उनले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘संवैधानिक निकायका प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने, प्रधानमन्त्री कार्यालयको कोठाभित्रै पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ। यसको सत्यतथ्य छानबिन गर्नका लागि संसदीय छानबिन आयोगको समितिको गठन गर्नुपर्दछ ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ