बुधबार, ०६ फागुन २०८२

कांग्रेसकाे प्रतिज्ञापत्र सर्वसम्मत पारित


काठमाडौं । नेपाली कांग्रेसले आज सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित गरेको छ।

आज सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन -२०८२ का लागि पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको का.वा.मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

कांग्रेसले आज जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिज्ञा पत्रमा कांग्रेसले ५ वर्षमा पार्टीले गर्ने मुख्य १० भिजन समेटेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ