- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सहभागी एमाले नेतृत्वको सरकारले गलितो काम गर्न नसक्दा कांग्रेसका कार्यकर्ता निराश भएको बताएका छन् ।
कठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकको अपेक्षा अनुरुप सरकारले काम गर्न नसक्दा निराशा बढेको बताएका हुन् ।
अहिले सडकमा देखिएको असन्तुष्टि सरकारको काम गर्ने शैलीकै परिणाम भएको उनको भनाई थियो । ‘यदि सरकारले स्पिडमा काम गरेको भए अहिले शिक्षक आन्दोलनमा आउनुपर्ने थिएन, उनले भने ।
कांग्रेस-एमालेको सरकार भएकै कारण आफूले खबरदारी गरिरहेको धारणा राख्दै महामन्त्री थापाले सुशासनको सवालमा पनि सरकारको प्रस्तुति कमजोर रहेको बताए ।
सुशासनकै सन्दर्भमा एमालेसँग सहकार्य गर्दैमा कांग्रेस नबिग्रने उनको भनाई थियो । कांग्रेस पोखरीमा फोहोर सफा गर्न गएको भन्दै उनले भने, ‘पोखरीमा पसेपछि बाहिरबाट हेर्दा फोहोरै देखिन्छ तर, हामी मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो ।’
टिप्पणीहरू: