- असार ०६, २०८०
काठमाडौं । जेनजी आन्दोलन हुनु अघिसम्म सत्ता सारथी रहेका नेपाली कांग्रेस र नेकपा एमालेले फेरि एक पटक सहकार्य गर्ने भएका छन् । यसपछिको उनीहरुको सहकार्य प्रतिनिधी सभा पूर्नस्थापनाका लागि हुने भएको छ ।
विघटित प्रतिनिधी सभा पुर्नस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका दुबै दलले अदालतलाई दवाव दिन विघटित प्रतिनिधि सभाका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेका छन् । बहुमत सांसदको हस्ताक्षर गरेर अदालतमा बुझाउने तयारी गरेको नेकपा एमालेका एक नेताले जानकारी दिए ।
एमालेका लगभग सबै सांसदहरुले हस्ताक्षर गरे पनि नेपाली कांग्रेस केही सांसदहरुले हस्ताक्षर गर्न मानिरहेका छैनन् । महामन्त्री गगन थापा पक्षधरले हस्ताक्षर गर्न नमान्दा कांग्रेसमा थोरै सकस छ ।
टिप्पणीहरू: