बिहिबार, ०८ माघ २०८२

कांग्रेस विशेष महाधिवेशन: सभापतिमा गगन थापाको एकल उम्मेदवारी


फाइल तस्बिर

काठमाडौँ। नेपाली कांग्रेसकाे सभापति पदका लागि महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्।

भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

सभापतिमा थापाको एकल उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ।

समितिका अनुसार अन्य पदाधिकारीका लागि पनि उम्मेदवारी दर्ता भइसकेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ