शुक्रबार, ०४ वैशाख २०८३

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै


काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरुको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कांग्रेसका सांसदहरुसँग छलफल गर्न लागेको हो ।

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेताबारे छलफल गर्न पार्टीका सांसदको बैठक बोलाएको राससलाई जानकारी दिए ।

बैठक दिउँसो ३ः०० बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने संयोजक स्नेहीले बताउनुभयो । कांग्रेस संसदीय दलको नेताका लागि पार्टीका नेता अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, इन्जिनियर मोहन आचार्यलगायत आकाङ्क्षी रहेका छन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ