शनिबार, २० मंसिर २०८२

तीन दिन रोकिएको कांग्रेस बैठक सानेपामा जारी


काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरू भएकाे छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि कार्यसमितिको बैठक सुरू भएकाे हाे।

पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बसेकाे हाे। पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।

नजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न गत असोज २८ गते सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै सकिएको छैन।

कांग्रेसभित्र पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेबारेमा चर्को बहस चलेको छ। यस्तै सरकारले फागुन २१ मा निर्वाचनको मिति तोकेसँगै निर्वाचनअघि महाधिवेशन गर्ने कि निर्वाचनपछि भन्नेबारे पनि बहस चलेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ