शुक्रबार, ०५ मंसिर २०८२

कांग्रेस बैठक : भावी प्रधानमन्त्रीका रुपमा गगन थापालाई प्रस्ताव गरेर अघि बढ्नु पर्ने राय


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विहीबार पार्टी सभापति एवं भावी प्रधानमन्त्रीका रुपमा गगन थापालाई घाेषणा गरेर जानु पर्ने कुरा उठेकाे छ ।

पार्टी बैठकमा बाेल्दै सहमहामन्त्री मन्सुरले साे प्रस्ताव राखेका हुन् ।

बिहीबारकाे बैठकमा केही बेर होहल्ला समेत भएकाे थियाे । 

पदाधिकारीले बोल्ने विषयमा केन्द्रीय सदस्यहरूले प्रश्न उठाएपछि होहल्ला भएको हो ।

पक्ष–विपक्षमा होहल्ला भएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुलिङ नै गर्नुपरेको थियो ।

बैठककक्ष शान्त भएपछि एक पदाधिकारीले कसैले महत्त्वपूर्ण विषय राख्न दिन आग्रह गरेपछि बोल्न दिनुपर्ने बताएका थिए ।

ती पदाधिकारीको आग्रहपछि सहमहामन्त्री मन्सुरलाई बोल्न दिन केन्द्रीय सदस्यहरू सहमत भएका थिए ।

मन्सुरले अबको पार्टी सभापति र प्रधानमन्त्री गगन थापालाई घोषणा गरेर जानुपर्ने प्रस्ताव राखे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ