- असार ०६, २०८०
विराटनगर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस व्यवहारिक रूपमा फुटिसकेको बताएका छन् ।
विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोगका कारण काँग्रेस व्यवहारिक रूपमा विभाजनको अवस्थामा पुगेको बताएका हुन् ।
कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगको गलत निर्णयका कारण पार्टी यो अवस्थामा आइपुगेको आरोप लगाए।
अहिलेको परिस्थितिमा सबैभन्दा ठुलो र प्राथमिक आवश्यकता पार्टी एकता नै भएको भन्दै उनले कांग्रेस बलियो नभई देशको विकास सम्भव नहुने दावी गरे ।
उनले परिवर्तनको पक्षमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर लड्नुपर्ने बताए ।
वर्तमान सभापति गगन थापालाई लक्षित गर्दै कोइरालाले यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा एक्लै पार्टी चलाउन सम्भव नहुने दाबी गरे ।
टिप्पणीहरू: