शुक्रबार, १४ कात्तिक २०८२

महाधिवेशन कार्यतालिकाकाे विषयमा छलफल गर्दै का‌ग्रेस महामन्त्री र कार्यवाहक सभापति


काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक जारी छ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन्।

कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा छन्। उनलाई संस्थापन पक्षाका नेताहरुले साथ दिइरहेका छन्। यही कारण कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन।

महामन्त्री थापा बिहीबारको बैठकमा कार्यतालिका पेश गर्ने तयारीमा थिए। तर, कार्यबाहक सभापति खड्का तयार नभएपछि थापा बैठकमै सहभागी भएनन्।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ