शुक्रबार, २३ असोज २०८३

कांग्रेस महाधिवेशन : पाँच बजेसम्म मतदान


काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ । आज दिउँसो ३ः०० बजेसम्मको समय तोकिएकामा मतदान गर्न एक जनालाई कम्तीमा आधा घण्टा लागेपछि ढिलाइ हुँदा साँझ ५ः०० बजेसम्मका लागि समय थपिएको निर्वाचन समितिले जनाएको छ । 

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो ३ः०० बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ः०० बजेसम्म कायम गरिएको जनाएको छ । बिहान ७ः०० बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् । मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सात हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् । महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ वटा समूह (क्लस्टर)मा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ