शुक्रबार, ११ मंसिर २०८३

होल्डिङ सेन्टरबाट सुकुमवासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग


काठमाडौँ । नेपाली कांग्रेसले होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा विहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन माग गरेको हो ।

कांग्रेसले सुकुमवासीलाई हटाउने निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको बताएको छ । कांग्रेसले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
    
कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा केन्द्रीय सदस्य  मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहनेगरी होल्डिङ सेन्टरको समन्वय र सहजीकरण समिति गठन गरेको छ ।

मङ्सिर ८ देखि सुरु भएको बैठकमा विहीबार ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

विहीबारकाे बैठकमा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, डा जीवन राना, धनाकुमारी खतिवडा, लीलादेवी बोखिम लिम्बू, कुसुमदेवी थापामगर, सीता मिजार, डा केदारनरसिंह केसी, भीम श्रीस मगर, तिलकबहादुर रानाभाट, उमा दाहाल, शिवबहादुर सुनार, प्रा डा अमिता प्रधान शाक्य, सनम वेगम, माइकल रामचन्द्र अर्यालले धारणा राखेका थिए ।

यस्तै,  तीर्थबहादुर लामा, कल्पना तिवारी, अनिता देवकोटा, रामकृष्ण चित्रकार, रेनुका काउचा मगर, डा प्रमिलाकुमारी गच्छदार, निमा गिरी, अम्बिकाकुमारी चलाउने, जन्मजय तिमिल्सिना, मीनकृष्ण महर्जन, गीताकुमारी यादव, डा भद्रा पराजुली भण्डारी, खिलानाथ दाहाल, केशव निरौला, वरिष्ठ अधिवक्ता सीताराम केसी, योगेन्द्रकुमार कुँवरले धारणा राखे ।

यसैगरी, सुधान्सु कोइराला, डा प्रेमध्वज लामा, सुशील गुरुङ, महेश खरेल, लेखनाथ पोख्रेल, युवराज पाण्डेय, दीपक भट्टराई, नीलकण्ठ रिजाल, लक्ष्मी क्षेत्री पाण्डे, प्रबल थापा, गङ्गा दाहाल, पुनम लामा, ई अनुप श्रेष्ठ, राजु परियार, डा गरिबदास ठाकुर, ई मि अशोककुमार साह, जानुका पन्त, विनिता अधिकारी, अनुज चापागाईँ, उत्तमराज जोशी, मोहन राना, साजनकुमार महतो, मृदुला कोइराला, ई रोहित पौडेलले समेत धारणा राखे ।

बैठकमा सत्यनारायण थारू, सिए विद्याभूषण कार्की, राजेन्द्र केसी, सुशील भट्ट, रजनी थापा र भगवती शाही कोशी प्रदेशका सभापति उद्धव थापा, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, कर्णाली प्रदेशका सभापति ललितजङ्ग शाहीले धारणा राख्नुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यसैगरी, केन्द्रीय सदस्य बाला अधिकारी तथा नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्नुहुने विदेशमा रहेका केन्द्रीय सदस्य सीता सापकोटा घिमिरे, डा बलराम श्रेष्ठ, जीतेन्द्रविक्रम शाही र चन्द्रा अधिकारी (चन्दा)ले लिखित रूपमा आफ्नो धारणा केन्द्रीय कार्यसमितिमा पठाएकाे कांग्रेसले जनाएको छ ।

बैठकमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको  शुक्रबार बिहान ८.३० बजे बैठक पुन: बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ