आइतबार, ०८ चैत २०८२

अन्तरघातकाे कारण २१ ठाउँमा पार्टी पराजित भएकाे कांग्रेसकाे निष्कर्ष


काठमाडाैं ।  नेपाली कांग्रेसले २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्यको चुनावमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । जारी केन्द्रीय समिति बैठकमा भएको समीक्षाबारेमा जानकारी दिँदै पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्य रूपमा आन्तरिक कारण जिम्मेवार रहेको उनले जानकारी दिए ।

५ हजारदेखि १० हजारसम्मको मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल न्यारेटिभले पार्टीलाई रक्षात्मक बनाएको उनकाे भनाई छ ।

८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको उनले बताए । 

विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेपछि शेरबहादुर देउवा समुह असन्तुष्ट थिए । चुनाव आउन केही दिन अघि मध्यरातमा देश छाडेका देउवाले आफु निकटहरुलाई गगन निकट उम्मेदवारलाई चुनावमा सहयाेग नगर्न निर्देशन दिएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ