मङ्गलबार, २६ फागुन २०८२

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ बस्ने


फाइल तस्बिर

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे हुने भनिएको बैठक अपराह्न १ः०० बजे बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ