- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ।
आज बिहीबारका लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरिएकाे हाे।
पार्टीका मूख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक सूचना जारी गर्दै शनिबार दिउँसो १ बजेसम्मका लागि बैठक सारिएको जानकारी दिए।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।
‘केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगत भएको छ। उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ।

टिप्पणीहरू: