- असार ०६, २०८०
काठमाडाैँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आज अपरान्ह ४ बजे सानेपास्थित पार्टीकाे केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बाेलाइएकाे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिकाे आकस्मिक बैठक बोलाएको हो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थिति हुन भनिएकाे छ।

टिप्पणीहरू: