बिहिबार, १९ असार २०८२

उपनिर्वाचनकाे मिति ताेक्ने तयारीमा आयोग, मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह


काठमाडौं। निर्वाचन आयोगले विभिन्न तहमा रिक्त रहेका पदहरुमा हुने उपनिर्वाचनकाे मिति ताेक्ने तयारी गरेको छ।

आयोगले निर्वाचनको मिति घोषणा हुने तयारी भएकाेले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन अनुरोध गरेको छ।

निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने भएकाले उपनिर्वाचन हुने क्षेत्रका व्यक्तिहरुलाई नाम दर्ता अनुरोध गरिएकाे आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले जानकारी दिए।

‘रिक्त भएका पदमा निकट भविष्यमा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा हुने तयारी भैरहेको हुँदा मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) मा “निर्वाचनको घोषणा भैसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन" भन्ने व्यवस्था भए बमोजिम निर्वाचनको मिति घोषणा भए पश्चात मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछ’, आयोगले विज्ञप्तिमार्फत भनेकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ