- असार ०६, २०८०
काठमाडौं । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् । नेपाली कांग्रेसका ५ र एमालेका ५ जना गरि राज्यमन्त्री सहित १० जना मन्त्री नियुक्त गरेका हुन् ।
यसअघिका मन्त्रीले प्रभावकारी काम गर्न नसकेको भन्दै जनताका लागि देखिने गरि काम गर्ने भन्दै नयाँ मन्त्रीहरू नियुक्त भएका हुन् ।
नेकपा एमालेबाट विदुर कुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री, रामप्रसाद मेहता सामाजिक विकास मन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग कृषि तथा सहकारी मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री र शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुको आजै सपथ हुने भएको छ ।
टिप्पणीहरू: