बुधबार, ०९ पुस २०८२

पोष्टरबाट ओलीको फोटो हटाउन थाले उम्मेदवार


काठमाडौं । एघारौं महाधिवेशनमा मत माग्न व्यस्त केन्द्रिय सदस्यका उम्मेदवारहरुले आफ्नो पोष्टरबाट अध्यक्ष केपी शर्मा ओलीको तस्विर हटाउन थालेका छन् ।

हिजोसम्म उम्मेदवार आकंक्षीकहरुले आफ्नो फोटोसहितको पोष्टरमा महाधिवेशनको लोगो र छेउमा अध्यक्ष केपी शर्मा ओलीको फोटो राख्ने गरेका थिए । ओली प्यानलका आकंक्षीकहरु आफ्नो पोष्टरमा ओलीको फोटो अनिवार्य बनाएकोमा आज भने हटाउन थालेका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको फोटोमा ओली प्यानलका उम्मेदवारले समेत ओलीको तस्विरलाई उपेक्षा गरेका छन् । खुल्ला केन्द्रीय सदस्यका उम्मेदवार विशाल भट्टराईले आफ्नो मात्रै तस्विर राखेको पोष्टर बनाएका छन् । खुल्ला महिला सदस्यकी उम्मेदवार भगवती चौधरीले पनि आफ्नो पोष्टरमा ओलीको तस्विरलाई स्थान दिएकी छैनन् ।

उपमहासचिव पदका उम्मेदवार लेखराज भट्टले पनि पोष्टरमा ओलीको फोटो राखेका छैनन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ