बिहिबार, ०६ कात्तिक २०८२

सांसद र राजनीतिक पदाधिकारीकाे स्वकीय सचिवको सुविधा खारेज


फाइल तस्बिर

काठमाडौँ। सरकारले सांसद र राजनीतिक पदाधिकारीकाे स्वकीय सचिवको सुविधा खारेज गरेको छ।

सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले भने स्वकीय सचिव राख्न पाउनेछन्।

त्यसैगरी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाउने भएका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ