- असार ०६, २०८०
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दै छ । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ ।
सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् ।
समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ ।
समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।
सत्तारुढ दलले गभर्नर नियुक्त गर्न नसक्दा सर्वसाधारणबाट सरकारकाे आलाेचना सुरु भएकाे छ । सत्ता साझेदार नेपाली कांग्रेसकै केही नेताहरुले गभर्नर नियुक्तिमा आर्थिक चलखेल भएकाे भन्दै सरकारकाे आलाेचना गरेका छन् ।
टिप्पणीहरू: