बुधबार, ११ असार २०८२

प्रतिनिधिसभाबाट बजेट पारित


काठमाडौं । विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ ।

मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकलाई बहुमतले पारित गर्‍यो ।

बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू सहभागी भएनन् । उनीहरूले बजेटमाथिको छलफल बहिष्कार गरे ।

भिजिट भिसा प्रकरणमा गृहममन्त्रीको राजीनामा माग्दै आएका दुई दलले यो विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायीयक आयोग गठनको माग राख्दै आएका छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ