बुधबार, ०१ जेठ २०८२

छत्तीसगढमा एकै परिवारका चार जनाकाे शव भेटियाे


महासमुन्द ।  भारतकाे छत्तीसगढको महासमुन्द जिल्लाको बागबहारास्थित सरकारी क्वार्टरमा बुधबार एउटा हृदयविदारक घटना भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार  एकै परिवारका चार जनाको शव फेला परेको छ। उनीहरूले सामूहिक आत्महत्या गरेको अनुमान गरिएकाे छ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी उपरीक्षक, अतिरिक्त प्रहरी उपरीक्षक र फोरेन्सिक टोली तुरुन्तै घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको कारण अहिलेसम्म पत्ता लागेकाे छैन ।

मृत्यु हुनेहरूमा पटेवा प्रहरी चौकी अन्तर्गत पर्ने चिरको गाउँका पति वसन्त पटेल (४१), श्रीमती भारती पटेल (३८), छोरी सेजल पटेल (१२) र छोरा कियांश पटेल (४) छन्।

भारतीय समाचार संस्थाले जनाए अनुसार श्रीमती र छाेरा छाेरीकाे शब ओछ्यानमा थियाे भने श्रीमानकाे झुण्डिएकाे अवस्थामा । वसन्त आदिमजातीकाे कल्याण विभागमा चपरासी पदमा कार्यरत थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ